सल्लाका झरो बाले मनाइयो भुओ पर्व
हुम्ला | पुस २०, २०७९
हुम्ला: हुम्लावासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको (लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान (चौपाडी)मा मनाउने गरिन्छ। स्थानीय पहिरनमा सजिएका पुरुषहरूले रातभरि चुट्किला गीत गाएर जाग्रम बस्दै सो पर्व मनाउँदै आउनुभएको हो।
सिमकोट गाउँपालिका–२ का विशाल बोहराले जिल्लाभर मनाइने भुओ पर्व निक्कै रमाइलो तरिकाले मनाइने गरिएको बताउनुभयो। मानिस मृत्यु नभएका प्रत्येक घरबाट सल्लाको झरो बालेर पुरुषहरू भुओ पर्व मनाउन र साथै गाउँको सार्वजनिक स्थानमा गएर गीत गाउँदै नाच्ने काम धुमधामका साथ हुने गरेको बोहराले बताउनुभयो। मृत्यु भएको घरमा जुठो लागेको भन्दै उक्त घरबाट भने पर्व मनाउन जाने गरिँदैन।
तीन सय वर्षपहिलेबाट मनाउने गरिएको पर्वलाई जिल्लाका अधिकांश बस्तीमा मनाउने भएको हुँदा अँध्यारोबाट बच्नका लागि सल्लाको झरो बाल्ने गरिएको स्थानीय मान्यता रहेको छ। उक्त स्थानमा गाउँका पुरुष जम्मा भएर गीत गाउने र त्यसपछि भुओ मनाउने स्थानमा गएर पूजापाठ गर्ने गरिन्छ।
त्यसअघि पुरुषहरू आआफ्नो कुटुम्ब पर्ने छिमेकीहरूको छोरी चेलीसँग पानी माग्ने कार्य हुन्छ। लाजसर्म नमानी पानी माग्ने र कुटुम्बकी छोरी चेलीले घरको छतबाट पानी छर्ने कार्य हुन्छ यसलाई भसी माग्ने भन्ने गरिन्छ। भसी माग्ने पुरुषहरू कुटुम्मकी छोरीले छरेको पानीमा भिजेर निथु्रक्कै हुने गर्छन्। दुई घण्टा जति यो क्रम चल्ने र त्यसपछि गाउँवासीले दाउरा जम्मा गरेर आगो बालेको स्थानमा गएर आगो ताप्ने कार्य गरिन्छ। प्रत्येक घरबाट केही दाउर लिएर राख्ने गरिन्छ। त्यसपछि रातभर आगो तापेर रात बिताउने र बिहान सबेरै चिसो पानीमा नुहाएर आफन्त तथा मान्यजनको घरघरमा गएर ढोगभेट गर्ने गरिन्छ।
भुओ खेल्न गएका पुरुष ढोगभेट गर्न आफन्तको घरघरमा जाने र सगुनपात खुवाउने चलन पनि रहेको छ। त्यसपछि छोरीचेलीलाई घरमा बोलाएर सगुनपात (अग्रै) खुवाउने पनि गरिन्छ। पर्वको अवसरमा टाढा विवाह गरेर गएकी छोरीचेली पनि माइतीमा आउने गर्नुहुन्छ। हुम्लाका लामा बाहेकका सबै जातजातिहरूले यो पर्व मनाउने भए पनि विशेष गरी सर्केगार्ड गाउँपालिका–३ को उनापानी बस्तीमा विशेष रूपमा मनाउने गरिन्छ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

